चितवन विशेष

कालिका एफएम २१ वर्षमा प्रवेशमा प्रवेश, असल सञ्चारमाध्यमको छवि कायमै राख्छौँः विक्रम पाण्डे

Banner

चितवन, असोज २६–

चितवनको सर्वाधिक सुनिने कालिका एफएम २१ वर्षमा प्रवेश गरेको छ । २०५९ असोज २६ गते स्थापना भएको कालिका एफएमले सफलतापूर्वक २० वर्ष पार गरेको छ ।

पूर्वमन्त्री, कालिका ग्रुपका अध्यक्ष एवम् कालिका एफएमका प्रवन्ध निर्देशक विक्रम पाण्डेले सम्पूर्ण श्रोता, विज्ञापनदाता, शुभेच्छुकहरुप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ । कालिका सदैव नागरिककै पक्षमा गुञ्जिरहने बताउँदै उहाँले नागरिकप्रतिको जवाफदेही र जिम्मेवारीबोधको धर्म र कर्मबाट कहिल्यै विचलित नहुने बताउनुभयो । कालिका एफएमप्रतिको विश्वसनीयतालाई अझ प्रगाढ र दरिलो बनाउँदै लैजाने उहाँको भनाई छ । कालिका एफएमसँगै २०६४ देखि प्रशारणमा रहेको सांगीतिक रेडियो कालिका ९१ मेगाहर्ज १६ वर्ष, २०७० देखि प्रशारणमा रहेको कालिका एचडी टेलिभिजन १० वर्षमा प्रवेश गरेको छ । श्रोता, दर्शकले निरन्तर गरेको माया र विश्वसलाई कायम राख्दै परिस्कृत गर्दै कालिका अगाडी बढिरहने बताउनुभयो ।

सर्भेक्षणहरुले मध्यनेपालकै सर्वोत्कृष्ट, नेपाली रेडियोहरुको इतिहासमै अनलाइनमा एकैसाथ १ लाख बढी श्रोताले सुन्ने रेडियोका रुपमा कालिका एफएमलाई देखाएका छन् । कालिका एफएम विदेशमा रहेका नेपालीले अत्याधिक सुन्ने रेडियो समेत हो । नेपाली भाषा, कला, संस्कृति, साहित्यको उत्थानमा सक्रिय कालिकाले कलाकार, गीत संगीतका श्रष्टाहरुलाई समेत प्रोत्साहन र उजागर गर्दै आइरहेको छ । असल सञ्चारमाध्यमको छवि कायमै राख्ने पूर्वमन्त्री पाण्डेको भनाई छ ।

यसैबीच, गौरवमय २० औँ वार्षिकोत्सवका अवसरमा आयोजित महिनाव्यापी कार्यक्रमहरुको आज ९बुधबार० समापन गरिदैछ । विहान ११ बजे कालिका एफएम परिसरमा वृहत सांगीतिक एवम् वार्षिकोत्सव समापन समारोह हुदैछ । भुवन प्यासी, सरिता गुरुङ श्रेष्ठ, जीवि सुनार, सुनिता सुनार, गणेश चेपाङ लगायतका कलाकारहरुको बेजोड प्रस्तुती रहने एफएमका निर्देशक दिपक पौडेलले बताउनुभयो । समापन समारोहमा असोज १० देखि २२ गतेसम्म सञ्चालन भएको दशै बहार, कालिकाको उपहार कार्यक्रमका विजेताहरुलाई समेत पुरस्कृत गरिदैछ ।

यस्तै अन्तरकर्मचारी डण्डीवियो प्रतियोगिताका विजेताहरुलाई पनि पुरस्कार वितरण गरिनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>