चितवन विशेष

तरकारी बोकेको मिनि ट्रक अनियन्त्रित भई त्रिशुलीमा खस्यो, चालक घाइते

Banner

चितवन, असोज २६–
पृथ्वी राजमार्ग अन्तर्गत इच्छाकामना गाउँपालिका–३ मौवाखोला नजिक तरकारी बोकेको मिनि ट्रक अनियन्त्रित भएर त्रिशुलीमा खसेको छ । हिजो (मंगलबार) राती करिब ११ः४५ बजेको समयमा धादिङबाट मुग्लिङतर्फ आउदै गरेको प्र३–०१–००६ ख १३८२ नम्बरको मिनि ट्रक आफै अनियन्त्रित भई सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो ।

ट्रक दुर्घटना हुँदा ट्रक चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका–९ बस्ने वर्ष २६ को दिपेश तामाङ टाउकोमा चोट लगोको र उपचारको लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए ।

ट्रकका सहचालक बेनिघाट रोराङ–८ बस्ने वर्ष २० को आकाश चेपाङलाई सामान्य चोट लागेको उनले बताए । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने मिनि ट्रक घटनास्थलमा नै रहेको उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>