Breaking News

चितवनमा उजुरी परेका दुवै उम्मेदवार डा.पौडेल र न्यौपानेको उम्मेदवारी कायम

Banner

चितवन, असोज २५–

उजुरी परेका चितवनका दुवै जना उम्मेदवारी कायम भएको छ । चितवन क्षेत्र नं.३ मा प्रतिनिधिसभामा उम्मेदवारी दिएका एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने र चितवन क्षेत्र नं.१ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका डा.विश्वनाथ पौडेलको उम्मेदवारी कायम भएको हो ।

क्षेत्र नं.३ का सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौड्यालले दावी बिरोधमाथि जाँचबुझ गर्दा उम्मेदवार न्यौपानेले वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको संचालक समितिको सदस्यबाट राजीनामा दिईसकेको देखिएकाले उम्मेदवारी कायम गरिएको नारायणी अनलाईनलाई जानकारी दिए । न्यौपानेविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका बाबसुदेव सापकोटाले उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका थिए ।

यस्तै क्षेत्र १ का सहायक निर्वाचन अधिकृत नविनराज रुवालीले दावी बिरोधमाथि जाँचबुझ गर्दा उम्मेदवार डा.पौडेलले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिइसकेको पाईएकोले उनको उम्मेदवारी कायम गरिएको नारायणी अनलाइनलाई जानकारी दिए । सोही अनुसार उम्मेदवारको नामावली प्रकाशन गरिएको उनले बताए । डा.पौडेलविरुद्ध कांग्रेसबाटै बागी उम्मेदवारी दिएका राजेन्द्र बुर्लाकोटीले उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>