Breaking News

चितवन प्रशासनको जरिवाना रेकर्ड भद्रगोल, सहायक सिडियो भन्छन्ः ‘डाटा राख्नुपर्ने आवश्यकता छैन’

Banner

प्रतिमा कुमाल

चितवन, असोज २५–

जिल्ला प्रशासन कार्यालय चितवनले बजार अनुगमन पछिको जरिवानाको विवरण सहि तरिकाले नराखेको पाईएको छ । कारबाही गरे अनुसार जरिवाना स्वरुप कति रकम उठ्यो भन्ने सहि तथ्याङ्क राखिएको छैन ।

बजार अनुगमन २०७८ भाद्रदेखि असोजसम्मको रेकर्ड फाइल नियाल्दा ८ लाख ५० हजार जरिवाना रकम उठेको देखिएको छ । प्रशासनमा भएको बैंक भौचरबाट यो विवरण निकालिएको हो । अनुगमनका क्रममा तोएिको एक लाख रुपैयाँ जरिवाना भने प्रशासनलाई तिरे/नतिरेको देखिएको छैन् । तर जिल्ला प्रशासन कार्यालय चितवन सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवी शर्माले भने सो रकम भुक्तानी भैसकेको बताए । घरेलु तथा साना उद्योग अन्तरगत भएकाले सो रकम दिए/नदिएको रेकर्ड प्रशासनमा नदेखिएको उनको भनाइ छ ।

जिल्ला प्रशासन अन्तरगत पर्ने र घरेलु तथा साना उद्योग कार्यालय अन्तरगत पर्ने जरिवाना रकमको रेकर्ड एकै ठाउँ मिसाएर राखिएको छ । जसका कारण प्रशासन अन्तरगत पर्नेे अनुगमनबाट जरिवाना कति उठ्यो भन्ने देखिदैन् ।

प्रशासनले उपभोक्ता संरक्षण ऐन २०७५ अन्तरगत कारबाही गर्छ । प्रादेशिक व्यापार तथा व्यवसाय सम्बन्धी ऐन २०७६ अन्तरगत कारवाही घरेलु तथा साना उद्योग कार्यालयले हेर्छ ।

साथै शर्माले सिधै सरकारको खातामा जाने भएकाले डाटा नराखेको बताए । उनले भने, ‘अनियमितता, मिसावट सामान, अखाद्य वस्तु बिक्री वितरण भएको पाइएमा अवस्था हेरी कारवाही गर्ने, सुझाव दिने गरेका छौं । जति जरिवाना गरेका छौं व्यवसायीलाई त्यो रकम सिधै सरकारको खातामा जम्मा हुन्छ । हामी कहाँ एक रुपैयाँ आउँदैन । त्यसकारणले कार्यालयमा डाटा राख्नुपर्ने आवश्यक्ता छैन ।’

जिल्ला प्रशासन कार्यालय चितवन आर्थिक प्रशासन शाखाका रमेश रुवालीले जरिवाना कति संकलन हुन्छ भन्ने कुनै रेकर्ड राख्ने नगरेको बताए । उनले भने, ‘अहिलेसम्म बजार अनुगमनपछि जरिवाना कति संकलन भयो, प्रत्येक वर्ष कति संकलन हुन्छ भन्ने रेकर्ड राखेका छैनौं ।’

यस्तै यस अवधिमा प्रशासनले ३ जनालाई माफी दिएको छ । भरतपुर–१० सप्तगण्डकी बहुमुखी क्याम्पस अगाडिका ३ वटा पसललाई प्रशासनले ५–५ हजारको जरिवाना लगाएको थियो । उनीहरु साना व्यापारी र आगामि दिनमा त्यस्तो नगर्ने भनि प्रमुख जिल्ला अधिकारी अस्मान तामाङसंग क्षमा मागेपछि चेतावनीसहित माफी दिईएको प्रशासनले जनाएको छ ।

साथै गोरखनाथ किराना स्टोर्स पुतलीबजार भरतपुर–१ ले पनि एक लाखको माफी पाएको छ । समान खरिद गर्दा बिलको प्रयोग नगरी कर छली गरेको भन्दै प्रशासनले ३ लाख जरिवाना लगाएको थियो । ती मध्ये २ लाख स्टोर्सले बुझाई सकेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>