देश/प्रदेश

प्रदेश सभामा सुदूरपश्चिमको ठूलो दल एसलाई दुई मात्र सीट

Banner

धनगढी,असोज २५-

सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेकपा (कीकृत समाजवादी) ले सत्तागठबन्धनबाट प्रदेश सभामा दुई सीट मात्र पाएको छ ।

नेकपा (एमाले) बाट विभाजित भएर नेकपा (एकीकृत समाजवादीं) ले एमालेका २६ जना प्रदेश सभा सदस्यमध्ये १४ जना प्रदेश सभा सदस्य लिएर प्रदेशको सबैभन्दा ठूलो दल बन्न पुगेको थियो । तर, आसन्न चुनावमा एकीकृत समाजवादीले गठबन्धनबाट दुईटा मात्र सीट पाएको छ ।

एसका पाँच जिल्लामा बागी उम्मेदवार

यहाँका नौ जिल्लामा गरी प्रदेश सभामा ३२ वटा निर्वाचन क्षेत्र रहेका छन् । सबैभन्दा ठूला दल हुँदा पनि एकीकृत समाजवादीको गठबन्धनबाट प्रदेश सभामा कैलाली क्षेत्र नम्बर ४ (२) र कैलाली क्षेत्र नम्बर ३ (२) मा मात्रै भाग परेको छ ।

सत्ता गठबन्धनका दलहरूबीच सहमतिअनुसार कैलाली ४ (२) मा संसदीय दलका नेता रहेका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी र कैलाली क्षेत्र नम्बर ३ (२) मा निवर्तमान अर्थराज्यमन्त्री अमर साउदले उम्मेदवारी दर्ता गराएका छन् ।

सुदूरपश्चिममा एकीकृत समाजवादी प्रदेशतर्फ २ क्षेत्रमै सीमित भएपछि गठबन्धनमा समस्या भएको छ । यसैबीच गठबन्धनले दुई सीटमा नै समिति गरेपछि एकीकृत समाजबादीले बाजुराको प्रदेश (२), अछामको २ (२) र कञ्चनपुर २ (२) मा गठबन्धनविरुद्ध नै उम्मेदवारी दर्ता गरेको छ । यी दुईटै क्षेत्रमा कांग्रेसका उम्मेदवार रहेका छन् ।

त्यस्तै कञ्चनपुर ३ (१) मा पनि माओवादीले दाबी नछोडेपछि एकीकृत समाजवादीले उम्मेदवारी दर्ता गरेको छ ।
उता प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा पनि गठबन्धनविरुद्ध एकीकृत समाजवादीले बागी उम्मेदवारी दिएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (२) मा एकीकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री खड्काले गठबन्धन विरुद्ध बागी उम्मेदवारी दर्ता गराएका छन् । यहाँ गठबन्धनबाट कांग्रेसका बहादुरसिंह थापाले उम्मेदवार छन् ।

त्यस्तै कञ्चनपुर प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ (१) मा प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले उम्मेदवारी दर्ता गराए । यहाँ माओवादी केन्द्रका टेकेन्द्रप्रसाद भट्टले टिकट पाएका छन् । बैतडीमा एकीकृत समाजवादीका नरेन्द्र विष्टले प्रदेशसभा (१) मा बागी उम्मेदवारी दिएका छन् । यहाँ कांग्रेसका वीरबहादुर विष्ट गठबन्धनका उम्मेदवार छन् ।

दार्चुला (२) मा पनि वीरबहादुर विष्टको बागी उम्मेदवारी छ । यहाँ माओवादीका मानबहादुर धामी गठबन्धनका उम्मेदवार छन् । उनी सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री हुन् । बाजुरामा (१) मा नरेशकुमार शाहीले उम्मेदवारी दर्ता गराएका छन् । यो क्षेत्रमा माओवादीका कर्णबहादुर बिक गठबन्धनका उम्मेदवार छन् ।

त्यस्तै डडेल्धुराको प्रदेश सभा (२) मा समाजवादीका नेता डा. तारा जोशीले बागी उम्मेदवारी दिएका छन् । यो क्षेत्रमा कांग्रेसका नेता तथा प्रदेशका सामाजिक विकासमन्त्री गोबिन्द बोहरा रहेका छन् । फरक–फरक जिल्लामा गठबन्धनविरुद्ध बागीका कारण पार्टीको रक्षा भएको एकीकृत समाजवादीका नेताहरूको बुझाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>