देश/प्रदेश
श्रीमती कुटनेलाई पक्राउ गर्न जाँदा लागुपदार्थसहित पक्राउ
०
धनुषा, असोज २४–
नेपाल प्रहरीले लागु पदार्थ नाइट्राजेपामसहित एकजनालाई पक्राउ गरेको छ ।
जनकपुर उपमहानगरपालिका–९ पिरारी चोक बस्ने ३८ वर्षीय जितेन्द्र साहलाई उनकै कोठाबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम १ सय २० एम्पुल सहित प्रहरीले पक्राउ गरेको हो ।
जितेन्द्रले आफ्नै श्रीमतीलाई कुटपिट गरिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय मुजेलियाबाट खटिएको प्रहरी जाँदा उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>