Breaking News

चितवन क्षेत्र नं.१ मा डा.विश्वनाथ पौडेलविरुद्ध राजेन्द्र बुर्लाकोटीले दिए उजुरी

Banner

चितवन, असोज २४–

प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नं.१ मा उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका डा.विश्वनाथ पौडेलविरुद्ध उजुरी परेको छ ।

आज उम्मेदवारको विरोधमा उजुरी दिने समय रहेकाले डा.पौडेलविरुद्ध उजुरी परेको छ । पौडेलविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसकै राजेन्द्र बुर्लाकोटीले उजुरी दिएका हुन् । उनले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार पौडेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा बहाल रहेकोले उम्मेदवारी खारेज गरीपाउँ भन्दै उजुरी दर्ता गराएका हुन् । पौडेलविरुद्धको उजुरीको सम्बन्धमा जाँचबुझ गरि उम्मेदवारको नामावली प्रकाशन गरिने कार्यालयले जनाएको छ ।

तेस्रोपटक चुनाव लड्न टिकट नपाएपछि बुर्लाकोटीले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उनी यसअघिको निर्वाचन २०७० र ७४ मा नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेसंग लगातार पराजित भएका थिए । यस क्षेत्रमा यसपटक पनि एमालेले पाण्डेलाई नै उम्मेदवार बनाएको छ । तर कांग्रेसले लगातार दुईपटक एउटै व्यक्तिसंग पराजित भएका बुर्लाकोटीलाई टिकट नदिएर राष्ट्रिय आयोजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेललाई टिकट दिएको थियो ।

पौडेल रत्ननगर नगरपालिका–३ निवासी हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>