देश/प्रदेश

४ सय बढी युवालाई ‘फ्रि’मा विदेश पठाए, यस्तो स्कीम फेरी आउँछः आरजु देउवा राणा

Banner

डडेल्धुरा,असोज २४-

प्रधानमन्त्री शेरबहादुर देउवाको मनोनयत दर्ता गराउन डडेल्धुरा पुगेकी आरजु देउवा राणाले युवाहरुलाई फ्रि विदेश पठाएको बताएकी छन्। आइतबार उनले यस्तो बताएकी हुन्। स्थानीय तहको चुनावमा पनि उनले आफ्नो पार्टीका उम्मेद्वारलाई चुनाव जिताए फ्रि–भिसा, फ्रि–टिकटमा विदेश पठाउने लोभ देखाएकी थिइन्। यही विषयमा उनलाई निर्वाचन आयोगले स्पष्टिकरण समेत सोधेको थियो। फेरि संसदीय निर्वाचनको मुखमा उनले फ्रि–भिसा, फ्रि–टिकटको कुरा दोहोर्‍याएकी छन्।

डडेल्धुरामा आफ्नो पार्टी र आफूसम्बद्ध गैरसरकारी संस्था (एनजीओ) ले महिला सशक्तिकरणको क्षेत्रमा काम गरेको बताउँदै उनले भनिन्, ‘युवाको रोजगारीमा अस्ति पनि ४ सयभन्दा बढी फ्रि–भिसा, टिकटमा पठायौं, यस्तो स्कीम यहाँ फेरि पनि कसरी ल्याउने भन्ने काम गर्छौं।’

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>