तनहुँ

रामचन्द्र पौडेललाई तनहुँ १ मा गोविन्दराज जोशीको बागी उम्मेदवारी

Banner

तनहु,असोज २३-

तनहुँ क्षेत्र नम्बर एक बाट कांग्रेस नेता रामचन्द्र पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। पौडेलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका उनका स्वकीय सचिव चिरिन्जिवी अधिकारीले जानकारी दिए।

तनहुँ एकमै कांग्रेस नेता गोविन्दराज जोशीले बागी उम्मेदवारी दर्ता गराएका छन्। समर्थकहरुको जुलुससहित तनहुँ–१ को निर्वाचन कार्यालय पुगेर कांग्रेसबाट पूर्वगृहमन्त्रीसमेत रहेका जोशीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। २०७४ को आमनिर्वाचनमा वाम गठबन्धनबाट एमाले उम्मेदवार किसान श्रेष्ठसँग पौडेल पराजित हुनुमा जोशीको विद्रोह पनि एउटा कारण थियो।

पौडेलसँगको दुश्मनी र भ्रष्टाचार मुद्दाका कारण कांग्रेसबाट पाखा लाग्दै गएका पूर्वगृहमन्त्री जोशीले २०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका थिए। जोशीको बागी उम्मेदवारी रद्द गराएपछि सुरक्षित महसुस गरेका पौडेल निर्वाचनमा भने एमाले उम्मेदवार श्रेष्ठसँग झण्डै ५ हजार मतले पराजित भए।

तनहुँ एकमा हाल नेकपा एमालेका एकबहादुर राना उम्मेदवार छन्। २०४८ यता लगातार विजय हासिल गर्दै आएका पौडेलको संसदीय निर्वाचनमा त्यही नै पहिलो पराजय थियो। आफ्नो उम्मेदवारी पौडेलले रद्द गराएपछि जोशी पक्षले निर्वाचनमा वामगठबन्धनका उम्मेदवार श्रेष्ठलाई सहयोग गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>