चितवन विशेष

समग्र चितवनको विकास र देशको आर्थिक समृद्धिका लागि मेरो उम्मेदवारीः उमेश श्रेष्ठ

Banner

चितवन, असोज २३–

नेपाली कांग्रेसबाट बामलोकतान्त्रिक गठबन्धबाट प्रतिनिधिसभा चितवन क्षेत्र नं.२ मा उम्मेदवारी दिएका उमेश श्रेष्ठले समग्र चितवन र देश विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

उम्मेदवारी दर्तापछि पत्रकारहरुसंग कुरागर्दै प्रधानमन्त्री कार्यालयका राज्यमन्त्री समेत रहेका श्रेष्ठले समग्र चितवनको विकास र देशको आर्थिक समृद्धिको लागि नै आफू चितवन आएको बताए । उनले चितवन धेरै संभावना ठाउँ भएको र अझै धेरै काम गर्न बाँकी रहेको भन्दै आफूले जितेमा यस क्षेत्रको परिवर्तन गर्नेमा विश्वास दिलाए । चितवन धेरै संभावना बोकेका ठाउँ हो, यहाँको समृद्धिका लागि धेरै काम गर्न बाँकी छ, शिक्षा, स्वास्थ्य, रोजगार, शहरमा ढल व्यवस्थापनको काम गर्नुछ, तेस्रो पर्यटकीय गन्तव्य रहेको चितवनमा पर्यटनको उजागर र विकास गर्ने प्रतिवद्धता छ’–श्रेष्ठले भने ।

उनले निर्वाचन पश्चात पुनः गठबन्धनको सरकार बनाएर देशलाई आमूल परिवर्तन गर्ने गरि आफू निर्वाचनमा होमिएको बताए । उनले आफूले काम गर्न सक्छु भनेर देखाइ सकेको भन्दै चितवन क्षेत्र नं.२ मा काम गर्ने अभिप्रायले नै उम्मेदवारी दिएको दावी गरे । ‘जनताले पुरा विश्वासका साथ हामीलाई जिताएर पठाउनहुनेछ र समग्र चितवनको विकासका लागि काम गर्ने अठोट व्यक्त गछु’–श्रेष्ठले भने ।

श्रेष्ठले जनतामा नयाँ सोँच आउनुको साथै परिवर्तन खोजेकाले आफ्नो जित सुनिश्चित रहेको दावी गरे । ‘जनताले परिवर्तन खोजेका छन्, जितेर मात्र केही हुँदैन, योग्य र गर्न सक्ने उम्मेदवारलाई जनताले छनोट गर्नेछन्’–उनले भने ।

क्षेत्र नं.२ मा गठबन्धनबाट २ (क)मा माओवादी केन्द्रका घनश्याम दाहाल र २ (ख)मा कांग्रेसका उत्तम जोशी उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>