चितवन विशेष

चितवन मेडिकल कलेजमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै ज्ञापनपत्र

Banner

चितवन, असोज २१–

असोज १७ गते बिरामीको उपचारका क्रममा मृत्यु भएको घटनालाई लिएर अस्पताल तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घ चितवनले प्रमुख जिल्ला अधिकारीलाई आज ज्ञापनपत्र बुझाएको छ । सङ्घले चितवन मेडिकल कलेजको सघन उपचार कक्ष (आइसियु) तोडफोडमा उत्रिएका दोसीलाई कारबाहीको माग गर्दै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापनपत्र बुझाएको हो ।

सङ्घका सचिव डा सूर्यप्रकाश सापकोटाले प्रमुख जिल्ला अधिकारी तामाङलाई ज्ञापनपत्र बुझाउनुभएको हो । ज्ञापनपत्र बुझाउँदै सापकोटाले कलेजको सघन उपचार कक्षमा उपचाररत बिरामी र स्वास्थ्यकर्मीलाई समेत त्रसित बनाउने गरी गरिएको कार्य कानुनी राज्यको उपहास भएको बताउनुभयो ।

तोडफोडको घटनामा संलग्नमाथि तत्काल स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मी संरक्षण ऐन २०६६ को संशोधन २०७९ अनुसार कारबाही अघि बढाउन प्रहरी प्रशासनसमक्ष सङ्घले माग गरेको छ । सङ्घको ज्ञापनपत्र बुझ्दै तामाङले अस्पतालको सघन उपचार कक्षमा तोडफोड भएको विषय गम्भीर रहेको बताउनुभयो । दोषीलाई कारबाहीका लागि अस्पतालले जाहेरी दिएर सहज गरिदिनसमेत अग्रह गर्नुभयो । दोषी जो कोही भए पनि कारबाही गरिने उहाँको भनाइ थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>