Breaking News
नारायणी नदीले देवघाट क्षेत्रमा खतराको तह पार गर्यो, नारायणी पुलमा ११ दशमल ७८ मिटर पुग्यो
०

चितवन, असोज २०–
निरन्तरको वर्षाले नारायणी नदीले देवघाटतर्फ खतराको तह पार गरेको छ । पानीको सतह ९ मिटर पुग्दा खतराको तह मानिएको छ । अहिले नारायणी नदीको पानीको सतह ९ दशमलब ०९ मिटर पुगेको छ ।
नारायणी पुलतर्फ भने नारायणी नदीको पानीको सतह ११ दशमलव ७८ मिटर पुगेको छ । यस क्षेत्रमा ११ मिटरलाई सतर्कता तह मानेको छ । अहिले पनि निरन्तर वर्षा भएकाले नारायणीको बहाब अझै बढ्दै जाने जल तथा मौसम विज्ञान महाशाखाले जनाएको छ ।
नारायणीको सतह बढ्दै गएपछि पश्चिम चितवनका बस्तीहरुमा बाढी पस्न थालेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























