देश/प्रदेश

मामाघरमा टीका थाप्न जानेक्रममा दुर्घटनामा परेर २० वर्षीय युवतीको मृत्यु

Banner

रूपन्देही,असोज २०-

अनेरास्ववियु रूपन्देही सहसचिव झरना चौधरीको दशैँको टीका थाप्न जाने क्रममा टुर्घटनामा परेर मृत्युु भएको छ । बुधबार साँझ भैरहवामा स्कुटर दुर्घटनामा परेर उनको मृत्यु भएको अनेरास्ववियुका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले जानकारी दिए ।

२० वर्षीय चौधरी केही समयअघि एमालेको कम उमेरमै वडा कमिटीको जिम्मेवारीमा आएर चर्चामा आएकी थिइन् । तराईमा कम उमेरका छात्राहरूमा निकै राम्रो क्षमता देखाएर राजनीतिमा आएकी चौधरीको निधनले संगठनलाई अपूरणीय क्षति भएको पाण्डेले बताए ।

घरमा टीका लगाएर मामाघरमा जानेक्रममा उनी दुर्घटनामा परेको पाण्डेले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>