देश/प्रदेश

सन्दीप लामिछाने भोलि नेपाल फर्किदै

Banner

काठमाडौँ, असोज १९–

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने भोलि (बिहीबार) नेपाल फर्किदै छन् । सन्दीपले चार दिन अघि सामाजिक संजाल फेसबुकमा लामो स्टाटस लेख्दै अक्टोबर ६ अर्थात् असोज २० गते नेपाल फर्किने जनाएका थिए ।

नाबालिगमाथि बलात्कारको आरोप लागेपछि सन्दीप विदेशमै छन् । वेष्टइन्डिजमा रहँदा १७ वर्षीया बालिकाले आफूमाथि सन्दीपले बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएपछि उनी तत्काल नेपाल फर्किने बताएका थिए । तर वेष्टइन्डिजबाट फर्किका सन्दीप बीचमै लुकेका थिए । उनी धेरैदिन पछि फेसबुक मार्फत नै आफू आइसोलेसनमा रहेको जानकारी दिएका थिए ।

सन्दीपले भोलि नेपाल फर्किएपछि झुटो आरोपविरुद्ध कानुनी लडाई लड्ने बताएका छन् । उनले लेखेका छन्–‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास छ भनी दोहोर्‍याउँछु। सबै कानून प्रवर्तन निकायहरू र सम्मानित अदालतहरू तिनीहरूको निष्पक्ष सुनवाई र निर्णयमा म दृढ विश्वास गर्दछु र म छिटो भन्दा छिटो न्याय पाउने आशावादी छु।’

सन्दीपले आफ्ना शुभचिन्तकहरू आफू निर्दोष रहेको कुनै गल्ती नगरेको आश्वास्त पारेका छन् । उनले भनेका छन्–‘म माथि लगाइएका सबै गलत आरोप समयको अन्तरालमा उजागर हुनेमा म विश्वस्त छु ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>