गण्डकी

राते रोगको प्रकोपः ‘यस वर्ष धानको भकारी रित्तै हुने भो’

Banner

तनहुँ,असोज १६–

“वषौँदेखि खेती गरिँदै आइयो, यस्तो कहिल्यै जानिएन, यसपटक अच्चम भयो”, म्याग्दे गाउँपालिका–७ का पुरुषोत्तम भण्डारीले भन्नुभयो, “राते रोगका कारण यस वर्ष धानको भकारी रित्तै हुने भो ।” कृषि ज्ञानकेन्द्रका प्राविधिकलाई रोपो लगेर देखाउन लाँदा खाद्यतत्वको कमी भनेर कृषि जिङ औषधि दिएको तर त्यसको प्रयोगले पनि केही उपलब्धि नभएको उहाँले बताउनुभयो ।

सरकारले किसानका आवाजलाई सुनिदिएर क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने उहाँ जस्तै म्याग्दे गाउँपालिका–७ स्थित पयेँरका ५० घरधुरीका किसानको माग छ । उक्त क्षेत्रमा दुई सय २० रोपनी क्षेत्रफलमा लगाएको धान खेतमा राते रोग लागेपछि यतिबेला किसान चिन्तित हुनुका साथै भोकमरी लाग्ने पिरले छटपटिएका छन् । धान पसाउने समयमा एकाएक रोग लागेर खेतभरिको रोपो पहेँलै भएर डढेपछि अब के खाने भन्ने चिन्ता किसानमा उब्जिएको छ ।

वर्षभरि दुःख मेहनत गरेर लगाएको खेती भित्र्याउन नपाउने भएपछि किसान कृषि ज्ञानकेन्द्र तनहुँ र खुमलटार कृषि अनुसन्धान केन्द्र ललितपुरसम्म समस्या लिएर धाउँदा पनि कुनै समाधान हुन नसकेको बताउँछन् । कृषि ज्ञानकेन्द्रका प्राविधिक तथा खुमलटार कृषि अनुसन्धान केन्द्रका प्राविधिकलाई देखाउँदा पनि के रोग लागेको हो र कसरी रोग नियन्त्रण हुन्छ भन्ने विषयमा अन्योल रहेपछि किसान नै चिन्तित बनेको अगुवा किसान अगुवा अम्बिकाप्रसाद वाग्लेले बताउनुभयो ।

प्राविधिकले दिएको औषधि धानबारीमा लगेर पटक–पटक प्रयोग गरे पनि कमी नभएपछि किसानले यस वर्ष उब्जनीको माया मारिसकेको उहाँले जानकारी दिनुभयो । सम्बन्धित ठाउँका कार्यालयका ढोका ढकढक््याउँदा केही नभएपछि अब किसानले पानी सुकाएर पहेँलिएर डढ्न थालेको रोपोमा आगो लगाउने योजना बनाएका छन् । किसानले जोत्नदेखि रोपाइँ गर्दा ट्र्याक्टर लगाउन, रोप्ने खेताला, गोड्न, मल, औषधि प्रयोग गर्दासम्म धेरै खर्च र लगानी भइसकेको अवस्थामा रोपोमा रातेरोग लागेपछि कसरी जीवन बचाउने भन्ने चिन्ता थपिएको छ ।

“आफूले लगाएको खेती कस्तो भयो भनेर बिहानै उठेर हेर्न मन लाग्छ, खेतमा हे¥र्यो मन उराठिन्छ”, अर्का किसान रामबहादुर नेपालीले भन्नुभयो, “विरक्त लाग्छ, हिजोआज खेततिर पनि गएको छैन, दुःख परिश्रम सबै खेर गयो, भकारी पनि रित्तै हुने भयो ।” साहुको खेत अधियाँमा गरेको सबै रातेरोगले खाएर नष्ट गरिदिएको छ । “हामी गरिबलाई कसले हेर्छ र रु”, मलिन मुद्रामा दुखेसो पोख्दै अर्का किसान कोपिला नेपालीले भन्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>