Breaking News

दशैँमा मात्रै साटियो ५५ अर्ब नयाँ नोट

Banner

काठमाडौँ, असोज १५-

यसपालिको दसैँमा नेपाल राष्ट्र बैंकले ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटेको छ ।

दसैँ बिदा हुनुअघि सम्ममा ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट साटिएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले जानकारी दिए । उनका अनुसार नेपाल राष्ट्र बैंकले गत भदौ २९ गतेदेखि नै नयाँ नोट साट्न थालेको हो । जसमध्यसबै क्षेत्रबाट गरेर १६ अर्ब रुपैयाँ बराबरका एक सय रुपैयाँभन्दा साना र ३९ अर्ब रुपैयाँ बराबरका पाँच सय र हजार दरका नोट साटिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले भने असोज २ गतेदेखि नयाँ नोट साट्न थालेको थियो । तर राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई भने भदौ २३ गतेदेखि नै नयाँ नोट उपलब्ध गराएको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>