देश/प्रदेश

रडले हानी चार वर्षे भतिजको हत्या गरेको अभियोगमा काका पक्राउ

Banner

धनुषा, असोज १३-

चार वर्षीय भतिज अनुष पासवानको हत्या गरेको अभियोगमा प्रहरीले उनको काकालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने २८ वर्षीय रवी पासवान छन् । उनलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

रवीले फलामको रड प्रहार गर्दा गम्भीर घाइते भएका अनुषको महेन्द्रनगर हेल्थ केयरमा उपचारको क्रममा मत्यु भएको प्रहरीले जनाएको छ । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>