देश/प्रदेश

दशैं, तिहार तथा छठ बिदामा मानवअधिकार आयोगको कार्यालय खुला रहने

Banner

काठमाडौं, असोज १३-

राष्ट्रिय मानवअधिकार आयोगले दशैं, तिहार तथा छठ बिदामा आयोगको कार्यालय खुला रहने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो ।

आयोगको केन्द्रिय, प्रदेश तथा प्रदेश शाखा कार्यालयहरु आगामी दशैं, तिहार तथा छठ बिदाका दिनहरुमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म खुला रहनेछन् ।

‘आम नागरिकको मानवअधिकारको संरक्षणको कार्यलाई ध्यानमा राखी आयोगले विगतमा झै यस वर्षको बिदाका दिनमा पनि कार्यालय खुला राख्ने व्यवस्था मिलाएको हो,’ विज्ञप्तिमा भनिएको छ ।

यस अवधिमा आयोगले मानव अधिकार उल्लंघन र ज्यादतीका घटनाहरुमा उजुरी लिने तथा आवश्यकता अनुसार गम्भीर प्रकृतिका घटनाहरुमा आकस्मिक अनुगमन समेत गर्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>