Breaking News
बिहानभर रोकिएको काठमाण्डौ–धादिङ बस सञ्चालन
०

काठमाडौँ, असोज १३
आज बिहान देखि अवरुद्ध रहेको काठमाण्डौ–धादिङ चल्ने बस सञ्चालनमा हाएको छ । बढी भाडा असुलेको भन्दै प्रहरीले कारबाही गरेपछि यातायात व्यवसायीहरुले काठमाडौंदेखि धादिङ चल्ने बस सञ्चालनमा रोक लगाएको थियो । काठमाण्डौबाट धादिङ चल्ने बस बिहान झण्डै तीन घण्टा नचल्दा यात्रुले सास्ती भोगेका छन् । तर अहिले भने गाडी चल्न थालेको हो ।
नेपाल प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले ऐन नियम मान्दिनँ भन्नेलाई पनि कारबाही हुने बताए । त्यस्तै चाडपर्वको मौका पारेर तोकिएको भन्दा बढी भाडा लिनेलाई कारबाही भएको भन्दै सार्वजनिक गाडीमा अवरोध गर्न नपाइने उनको भनाइ छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























