Breaking News
दशैंको मौका छोपेर यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिने १६ जना पक्राउ
०

काठमाडौ,असोज १२-
यात्रुबाट तोकिएको भन्दा बढी भाडा लिन खोज्ने १६ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। बिहान ट्राफिक प्रहरीले काठमाण्डौको कोटेश्वर र नयाँ बसपार्कबाट बढी भाडा लिन खोज्ने १६ जनालाई पक्राउ गरेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथको टोलीले कोटेश्वरबाट आठ जना र नयाँ बसपार्कबाट आठ जनालाई पक्राउ गरेको हो।
चाडपर्वको समयमा यात्रुलाई अनावश्यक हैरानी दिने, तोकिएको भन्दा बढी भाडा लिने, टिकटमा तोकिएको सिट नदिने जस्ता विभिन्न गतिविधि गर्ने विरुद्ध प्रहरीले कारबाही थालेको छ। बढी भाडा तिर्नु परे वा कुनै समस्या परे बस काउन्टर नजिकै रहेको हेल्प डेस्क र प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०४ नम्बरमा खबरमा गर्न यात्रुलाई प्रहरीको अनुरोध छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























