अन्तर्राष्ट्रिय

१० जनामा कोभिड देखिएपछि चिनियाँ सहरमा लकडाउन, सर्वसाधारण उत्रिए विरोधमा

Banner

बेइजिङ, असोज १२–

केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औधोगिक सहर केन्द्र सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्वसाधारणले विरोध जनाएका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको एउटा भिडियो फुटेज सार्वजनिक भएको छ ।

एक करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त सहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको रिपोर्ट गरिएको थियो। कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् ।

ट्वीटर जस्तै चीनको सामाजिक सञ्जाल विबोमा पोस्ट गरिएको भिडियोमा दर्जनौँ मानिसले कोभिड लकडाउन हटाउ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको देख्न सकिन्छ । एउटा क्लिपमा एउटी महिलाले ‘पुलिसले मानिसहरूलाई कुटिरहेको छ ।’ भनेर चिच्याएको सुन्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>