अन्तर्राष्ट्रिय
हेलिकोप्टर दुर्घटनामा ६ पाकिस्तानी सेनाको मृत्यु
०
इस्लामाबाद, असोज १०
दक्षिणपश्चिम पाकिस्तानमा हेलिकप्टर दुर्घटनामा ६ पाकिस्तानी सैनिकको मृत्यु भएको छ । एक महिनाको अवधिमा यो दोस्रो हवाई दुर्घटना हो ।अफगानिस्तान र इरानको सीमा जोडिएको बलुचिस्तान प्रान्तको सानो सहर खोस्ट नजिकै हेलिकप्टर खसेको थियो ।
‘उडान मिसनमा रहेको हेलिकप्टर आइतबार राति ढिलो दुर्घटनामा परेको थियो । दुर्घटनामा सेनाका दुई मेजर ९दुवै पाइलट० सहित छ जना कर्मचारीले शहादत प्राप्त गरेका छन्’ सेनाले एक विज्ञप्तिमा भनेका छन् । दुर्घटनाको बारेमा थप विवरण दिइएको छैन् । हेलिकोप्टर खसेको क्षेत्र बाढीबाट प्रभावित छैन ।
अगस्टमा बलुचिस्तानमा हेलिकोप्टर दुर्घटना हुँदा सेनाका उच्च कमान्डरसहित ६ जनाको मृत्यु भएको थियो । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>