अन्तर्राष्ट्रिय
फिलिपिन्समा आँधीः हजारौँलाई सुरक्षित क्षेत्रमा लगियो
०
मनिला, असोज १०-
फिलिपिन्सको पूर्वी टापुमा आएको सुपर टाइफुनपछि हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा लगिएको छ । आँधीपछि उक्त क्षेत्रका विद्यालय तथा सरकारी कार्यालयहरू बन्द गरिएको छ ।
टाइफुन नोरुले देशको ११ करोड जनसंख्याको आधाभन्दा बढी जनसंख्या बसोबास गर्ने प्रमुख टापु लुजोनमा २४० किलोमिटर प्रतिघण्टा (१४९ माइल प्रतिघण्टा) सम्मको आँधी आएको छ ।
लुजोनको पश्चिमी भूभागमा पुगेपछि आँधीले ‘विस्फोटक तीव्रता’ अनुभव गरेको मौसमविद्हरूले बताएका छन् । आँधीले पहिरो, अचानक बाढी र खतरनाक आँधीबेहरी निम्त्याउन सक्ने चेतावनी दिइएको छ ।
प्रभावित क्षेत्रका ८४ हजारभन्दा बढी मानिसहरूलाई सुरक्षित क्षेत्रमा सारिएको छ भने राजधानी मनिलाका क्षेत्रहरूमा गम्भीर बाढी को चेतावनी दिइएको छ । एजेन्सी
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>