Breaking News

राष्ट्रपति विरूद्धका मुद्दा न्यायाधीश फुयालको इजलासमा,आज सुनुवाइ हुने

Banner

काठमाडौं, असोज ९-

राष्ट्रपति विद्यादेवी भण्डारीले संसदले पारित गरेर पठाएको नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दाहरूमा आइतबार सुनुवाइ हुने भएको छ। सर्वोच्च अदालतका अनुसार न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा राष्ट्रपतिविरूद्ध परेका पाँच मुद्दाको सुनुवाइ हुँदैछ। विभिन्न व्यक्तिहरूले हालेका रिटहरू फुयालको इजलासको ८ औं नम्बर मा राखिएको छ। संसदले दोस्रो पटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

नागरिकता विधेयक पहिलो पटक राष्ट्रपति भण्डारीले फिर्ता गरेकी थिइन्। दुबै सदनले फेरि सोही विधेयक पारित गरेर राष्ट्रपति कार्यालय पठाएका थिए। संसदले पठाएको १५ दिनसम्म पनि राष्ट्रपति भण्डारीले उक्त विधेयक प्रमाणीकरण गरिनन्। राष्ट्रपतिले संवैधानिक दायित्व पूरा नगरेको भन्दै सर्वोच्चमा मुद्दा परेका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>