देश/प्रदेश

आजदेखि फूलपाती सम्म चारपांग्रे सवारी साधनलाई न्यूरोड प्रवेशमा रोक

Banner

काठमाडौँ, असोज ८-

चाडपर्वको समयमा हुने चाप घटाउन आजदेखि सबै प्रकारका चारपांग्रे सवारी साधनलाई काठमाडौंको न्युरोड प्रवेशमा रोक लगाइएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड गेटबाट सावरी साधनलाई प्रवेश गर्न रोक लगाएको हो ।

फूलपाती अर्थात यही असोज १६ गतेसम्म कायम हुने गरी यात्रुवाहक, मालवाहक तथा निजी चारपांग्रे सवारी साधनलाई प्रवेशमा रोक लगाइएको छ । फूलपातीको दिनसम्म बिहान १० बजेदेखि साँझ सवारी चाप कम नभएसम्मका लागि न्युरोड प्रवेश गर्ने सवारी साधनलाई खुलामञ्चमा पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>