Breaking News
पहिरोले बन्द रहेको नारायणगढ-मुग्लिन सडक खुल्यो
०

चितवन,असोज ८-
पहिरोका कारण बन्द भएको नारायणगढ–मुग्लिन सडक खुलेको छ । गएराति १२ बजेतिर भरतपुर महानगरपालिका–२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको र डोजर लगाएर पहिरो हटाएपछि बिहानदेखि खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
बाटो बन्द हुँदा गन्तव्यमा हिँडेका गाडी र यात्रु राति बाटैमा रोकिएका थिए । अहिले रोकिएका गाडी र यात्रु गन्तव्यमा लागेका छन् ।
नारायणगढ–मुग्लिन सडक खण्डमा बेलाबेला पहिरो खस्दा सडक बन्द हुँदै आएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























