चितवन विशेष

नारायणगढमा फुड एण्ड म्युजिक फेस्टा हुँदै, प्रकाश सपुतसहित एक दर्जन कलाकारको प्रस्तुति रहने

Banner

चितवन, भदौ ४–

नारायणगढको क्याम्पाचौरमा फुड एण्ड म्युजिक फेस्टा हुने भएको छ ।

बडा  दसैँको अवसरमा रेष्टुरेन्ट एण्ड बार एशोसिएसन (रेवान) चितवनले कार्यक्रम गर्न लागेको आज (मंगलबार) पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो ।
असोज १६ गते फुलपातीको दिन दिउँसो २ बजेदेखि राति १० बजेसम्म इभेन्ट सञ्चालन हुने रेवान चितवनका अध्यक्ष अच्युतराज भट्टले बताए । फुड एण्ड म्युजिक फेष्टामा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति कमाएको ‘द एज ब्याण्ड’ को बेजोड प्रस्तुति रहने छ । राष्ट्रिय लोक दोहोरी गायक प्रकाश सपुतको समेत सहभागिता रहने भट्टले बताए । गायक भेक वाइबा, यावेश थापा र लोकल गायकहरुले पनि प्रस्तुति दिने सम्मेलनले जानकारी दिएको छ । यस इभेन्टको प्रवेश शुल्क ५०० रहेको छ ।

कोरोनाले सिथिल पारेको पर्यटन व्यवसायलाई उकास्न र आन्तरिक पर्यटकको प्रवद्र्धन गर्नु इभेन्टको मुख्य उद्देश्य रहेको छ । परम्परागत खाना र अन्तर्राष्ट्रिय परिकारको स्वाद दर्शकले लिनसक्ने बताइएको छ ।

यस कार्यक्रम अवधिभर रेवानका ४० वटा स्टल रहने छ । संस्थाको सदस्य भएकाले उनीहरुसँग स्टलको भाडा नलिने आयोजकले जनाएको छ । रेवानका सदस्य भन्दा बाहिरका व्यवसायीले स्टल राख्न पाउने छैनन् । त्यहाँ रहेको भन्दा फरक परिकार भए शुल्कमा स्टल राख्न दिने अध्यक्ष भट्टको भनाइ छ । रेवान चितवनमा अहिले भरतपुर महानगरपालिका भित्रका ६० वटा होटल तथा रेष्टुरेन्ट आवद्ध रहेका छन् ।

यस इभेन्टको लागत साढे ३५ लाख रहेको छ । ६ देखि ८ हजार जना दर्शकले फेष्टाको अवलोकन गर्ने आयोजकको विश्वास रहेको छ । पत्रकार सम्मेलनमा रेवान चितवनकी उपाध्यक्ष अनुसा पाठक, कोषाध्यक्ष विसाल श्रेष्ठ, सदस्य विश्वास पौडेल, एजान श्रेष्ठ, टीएसएन इभेन्ट सञ्चालक रुपेश सेनको उपस्थिति रहेको थियो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>