देश/प्रदेश
हराएका शिक्षक जीवितै ढुंगामा अड्केको अवस्थामा फेला, हेलिकोप्टर मार्फतउद्धार गरिंदै
०

काठमाडौँ, असोज २-
सिन्धुपाल्चोकको हेलम्बु हराएका शिक्षक भीरमा फेला परेका छन् । हेलम्बु गाउँपालिका वडा नं. १ स्थित छ्यादी खोलामा नुहाउने क्रममा बेपत्ता भएका दोलखाको कालिन्चोक ३ घर भएका केशव सिवाकोटी जीवितै ढुंगामा अड्किएको अवस्थामा फेला परेका हुन् । उनी शनिबार पौडी खेल्ने क्रममा हराएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता एवम् डीएसपी दक्षकुमार बस्नेतका अनुसार हाल सिवाकोटीलाई हेलिकोप्टरको सहयोगमा उद्धार गरिंदैछ । त्यस्तै ‘ठाउँ अप्ठ्यारो भएकाले उद्धारका लागि हेलिकोप्टर नै प्रयोग गर्नुपर्ने देखियो, हामीले हेलिकोप्टर झिकाइसकेका छौं’ बस्नेतले भने ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























