देश/प्रदेश
अविरल वर्षाका कारण कैलालीका एक हजार भन्दाबढी घर डुबानमा, पहाडी जिल्लामा पहिरोको जोखिम
०

कैलाली, असोज १-
अविरल वर्षापछि आएको बाढीले कैलालीमा करिब १ हजार बढी घर डुबानमा परेका छन् । भने पहाडी जिल्ला चुरे गाउँपालिकाका स्थानीयहरु पहिरो प्रभावित भएका छन् ।
भजनी नगरपालिका, कैलारी गाउँपालिका, जोशीपुर गाउँपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, लम्कीचुहा नगरपालिका, धनगढी उपमहानगरपालिकाका बस्तीहरु डुबानमा परेका हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार जिल्लास्थित मोहना, पथरैया, काडा र कान्द्रा नदीमा आएको बाढी बस्तीमा पस्दा बस्ती डुबानमा परेका छ ।
त्यस्तै अझै नदीको जलस्तर बढ्ने क्रममा रहेकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानतर्फ जान आग्रह गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























