देश/प्रदेश
कमल थापाले टुकुचामा पौडि खेलेको स्मरण गर्दै दिए बालेन र सुनितालाई धन्यवाद
०

काठमाडौं, भदौ ३१
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले काठमाडौंको टुकुचामा पौडि खेलेको स्मरण गर्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोललार्य धन्यवाद दिएका छन् ।
बिहीबार काठमाडौं महानगरपालिकाले जयनेपाल हलमा डोजर लगाई टुकुचा खोलाको खोजी कार्य सुरु गरेपछि थापाले उनीहरुलाई धन्यवाद दिएका हुन् ।
‘स्याबास बालेन१ स्याबास सुनिता१ हराएको टुकुचा खोला खोज्ने अर्को राम्रो र साहसिक कामको लागि बालेन र सुनितालाई लाई धन्यवाद,’ थापाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘सानो छँदा बागबजारदेखि पद्मोदय स्कुलसम्म टुकुचामा पौडि खेलेको रमाईलो सम्झना अझै ताजा छ ।’
राप्रपा नेपालका अध्यक्ष थापाले काठमाडौंका खोला–नाला सफा, स्वच्छ र कलकल बग्ने होस् भन्ने कामना समेत गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























