देश/प्रदेश
काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ, २ लाख ३४ हजार नगद बरामद
०

काठमाडौं, भदौ ३१-
काठमाडौं महानगरपालिका–३१ कात्यानीचोकबाट जुवातास खेलिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कात्यानीचोकमा डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका–५ घर भएकी इन्दिरा तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
तामाङको कोठामा जुवा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३४ हजार ९ सय ९० रूपैयाँ र १८ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























