देश/प्रदेश

असोज १५ गतेदेखि पुनः भुटान एयरलाइन्सले काठमाडौं उडान गर्ने

Banner

काठमाडौँ, भदौ ३०-

भुटानको वायुसेवा कम्पनी भुटान एयरलाइन्सले पारो–काठमाडौं–नयाँ दिल्ली रुटमा पुनः असोज १५ गतेदेखि उडान गर्ने भएको छ । कोरोना संक्रमण बढेपछि उडान बन्द गरेको यस कम्पनीले पुनः उडान गर्न लागेको हो ।

कम्पनीले यो रुटमा साताको दुई उडान गर्ने गरी उडान घोषणा गरेको छ । कम्पनीका अनुसार १ अक्टोबरदेखि ३० नोभेम्बरसम्मका लागि साताको दुई उडान गर्ने गरी तय भएको छ । जस अनुसार हरेक आइतबार र बुधबार काठमाडौं उडान हुने भएको छ ।

पारोबाट काठमाडौं आउने जहाज काठमाडौंबाट दिल्ली जाने छ । दिल्लीबाट काठमाडौं आउने सो जहाज काठमाडौंबाट पारो उड्ने गरी रुट तय भएको कम्पनीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>