देश/प्रदेश

जिविकोपार्जनको विकल्प नदिएको भन्दै फुटपाथ व्यवसायीले घेरे महानगर

Banner

काठमाडौँ, भदौ ३०-

फुटपाथ व्यवसायीले आज काठमाडौं महानगरपालिका घेराउ गरेका छन् । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघको अगुवाइमा फुटपाथमा व्यापार गर्न पाउनुपर्ने माग राख्दै महानगर घेराउ गरेका हुन् ।

फुटपाथ एवं साना व्यवसायीले जिविकोपार्जनको विकल्प नदिई व्यवसाय हटाएको भन्दै उनीहरले प्रदर्शन गरेर महानगर घेराउ गरेका हुन् छन् ।

महानगरले विधि र कानुन प्रकृया विपरित निर्माण भएको संरचना हटाउने अभियान सञ्चालन गरिरहेको र त्यहि क्रममा निम्न वर्गीय श्रमिकहरुको सामान कब्जा गर्ने,श्रमिकहरुलाई हातपात गर्ने तथा गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेकोले घेराउ गरिएको उनीहरुले बताएका छन्।

पछिल्लो समय काठमाडौं महानगरले अनाधिकृत रुपमा बनाइएको संरचनाहरु हटाउने अभियान चलाइरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>