अर्थ

आन्तरिक राजश्वमा कर बुझाउदै आएको वीर अस्पतालले अब महानगरलाई बुझाउने

Banner

काठमाडौँ, भदौ ३०-

वीर अस्पतालले यस चालु आर्थिक वर्षदेखि घर बहाल कर काठमाडौं महानगरपालिकामा बुझाउने भएको छ । पहिलो अस्पतालले आफ्नो स्वामित्वमा रहेका सटर तथा जमिनको कर आन्तरिक राजश्व कार्यालयमा बुझाउदै आएको थियो । तर पछिल्लो समय महानगरले घर बहाल करका लागि अस्पताललाई ताकेता गरेपछि महानगरपालिकामै कर बुझाउने बताइएको हो ।

त्यस्तै अस्पतालले जवाफ पठाउँदै आफूले उठाउने भाडाको १० प्रतिशत रकम स्थानीय सरकार सञ्चालन ऐन २०७४ जारी हुनु पूर्वकै व्यवस्था अनुसार आन्तरिक राजश्व कार्यालयमा बुझाउने गरेको र चालु आर्थिक वर्षदेखिको घर बहाल कर भने महानगरलाई बुझाउने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>