देश/प्रदेश

सिद्धार्थ राजमार्गमा पहिरो: डाइभर्सन बगाउँदा पूर्ण रुपमा सडक अवरुद्ध

Banner

पाल्पा, भदौ ३०-

सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षासँगै तिनाउ गाउँपालिकास्थित पौठेडाडाँमा ढुंगासहित र रम्भा ३ सेरामा लेदोसहितको पहिरो खसेको हो । प्रहरीका अनुसार पहिरो खसेपछि आवागमन पूर्ण रुपमा अवरुद्ध भएको छ ।

हाल सडक डिभिजन पाल्पाको स्काभेटर मगाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिए ।

सोही राजमार्गको तिनाउ ५ स्थित हिउँदे खोलामा सडक पुनः भासिएको छ । यसअघि पूर्ण रुपमा सडक भासिएर बनाइएको नयाँ डाइभर्सनन पनि केही भासिएको र निरन्तर पानी परेमा माथिबाट समेत पहिरो खस्ने जोखिम रहेको प्रमुख मल्लले बताए । कमजोर भु भाग रहेको र चुरे क्षेत्रमा धेरै पानी परेका कारण यो सडक भासिने र पहिरो जाने समस्या देखिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>