देश/प्रदेश

एकैदिन २ बालिका माथी बलात्कार, अभियोगमा एक युवकलाई १९ वर्ष कैद

Banner

तनहुँ, भदौ ३०-

तनहुँमा दुई बालिका जबर्जस्ती गरेको आरोपमा एक पुरुषलाई १९ वर्ष कैद फैसला भएको छ ।

तनहुँको भानु नगरपालिका–३ माझीवनका १३ र १७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा भानु नगरपालिका–३ माझीवनका ३३ वर्षीय रमेश तामाङलाई १९ वर्ष कैद फैसला सुनाइएको हो । जिल्ला अदालत तनहुँले तामाङलाई १९ वर्ष कैद र दुवै पीडित बालिकालाई एक/रएक लाख क्षतिपूर्ति दिने फैसला सुनाएको थियो ।

जिल्ला अदालतका सूचना अधिकारी हरिशचन्द्र गौतमका अनुसार दुई मुद्दामा एकैजना अभियुक्त भएको र घटना एकैदिन भएको तथा दुवै मुद्दामा दोषी ठहर भएको हुँदा अधिकतम १९ वर्ष सजायको थप पाँच वर्ष कैद बस्नुपर्ने गौतमले बताए छ । त्यस्तै उक्त फैसला अनुसार तामाङ २५ वर्ष कैद बस्नुपर्ने हुन्छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>