देश/प्रदेश
फुटपाथ व्यवसायीले महानगरपालिकाविरुद्ध भोलि प्रदर्शन गर्ने
०

काठमाडौँ, भदौ २९-
काठमाडौं महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै भोलि उपत्यकामा प्रदर्शन गरिने भएको छ । जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार संघले महानगरपालिकाविरुद्ध प्रदर्शन गर्न लागेको हो ।
संघका अनुसार जिविकोपार्जनका लागि फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरुलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै आन्दोलन गर्ने लागिएको छ । जस्को लागि साना व्यवसायीहरु बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरु महानगर कार्यालय परिसरमा पुग्ने छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























