देश/प्रदेश

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक दुई जना पक्राउ

Banner

सप्तरी, भदौ २९-

स्रोत नखुलेको १ लाख ४४ हजार नेपाली रुपैयाँ र १० हजार भारतीय रुपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजविराज नगरपालिका–५ कुनौलीबाट हिजो (मंगलबार) भारत घर भएका ३६ वर्षीय मो. समसुर समेत २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

बीआर ०७ एक्यू ५१९९ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएकोछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>