अन्तर्राष्ट्रिय

अर्मेनिया र अजरबैजानको सीमा विवादः झण्डै एक सय सैनिकको मृत्यु

Banner

काठमाडौँ, भदौ २९-

अर्मेनिया र अजरबैजानबीचको सीमा विवाद फेरि बल्झिएको छ । सीमा विवादका कारण भएको पछिल्लो झडपमा दुई देशका गरी झण्डै एक सय सैनिकले ज्यान गुमाएका बीबीसीले जनाएको छ ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले सोमवार राति भएको झडपमा आफ्ना ४९ सैनिकको ज्यान गएको पुष्टि गर्नुभएको छ । त्यस्तै अजरबैजानको रक्षा मन्त्रालयले आफ्ना ५० सैनिकले ज्यान गुमाएको जानकारी दिएको छ । यी दुई देशबीच दुई वर्षपछि सीमा विवाद बल्झिएको हो ।

अजरबैजानका सेना आफ्नो सीमामा प्रवेश गरेपछि प्रतिकार गर्दा घटना भएको अर्मेनियाको दाबी छ । नागोरनो कोराबाख इलाकालाई लिएर बेलाबेला अर्मेनिया र अजरबैजानका सेनाबीच झडप हुँदै आएको छ । यो इलाकालाई अजरबैजानले आफ्नो दाबी गर्दै आएको छ ।

सन् १९९१ को अन्त्यमा सोभियत सङ्घको विघटन हुनुअघि यी दुई देश सोभियत सङ्घको हिस्साका रुपमा थिए । एजेन्सी

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>