दुर्घटना
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
०

सर्लाही, भदौ २८-
आज बिहान सर्लाहीको हरिवन नगरपालिका–१० नयाँ रोड चोकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४५ वर्षीय पुरुष रहेका छन् । उनको घटनास्थलमा नै मृत्यु भएको र सनाखत हुन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।
आज बिहान ४ बजे ना ८ ख ८२६७ नम्बरको ट्रकले पैदल हिँडिरहेका पुरुषलाई ठक्कर दिएको थियो ।
ठक्कर दिने ट्रक सहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय हरिवनले जानकारी दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























