देश/प्रदेश

नगर प्रहरीलाई बालेनले भनेः गलत काम गरेर आर्जन गरेको पैसाले कहिले पनि सुख हुँदैन

Banner

काठमाडौं,भदौ २८-

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले नगर प्रहरीहरूलाई इमानदारी पूर्वक काम गर्न प्रेरणा दिएका छन्। सोमबार भएको एक कार्यक्रममा उनले नगर प्रहरहरूलाई विगतमा भएका गल्ती हरूलाई बिर्सिएर, गल्ती भएका कुराहरुलाई सच्याउँदै इमानदारिताका साथ काम गर्न अनुरोध गरेका हुन्।

उनले नेपाल प्रहरी र नगर प्रहरीमा फरक छुट्याइने भएकाले कुनै पनि सुरक्षा निकाएका प्रहरी कोही भन्दा कम नहुने बताए। उनले नगर प्रहरी थप्ने सम्बन्धमा नेपाल प्रहरीमार्फत् सिफारिस राख्ने सबन्धमा उनीहरू इच्छुक नभएको भन्दै सबै सुरक्षाकर्मी एक समान हुने बताएका हुन्।

साथै उनले सबैसँग एक समान हुनलाई के-के गर्नुपर्छ, के कुराको कमी छ खबर गर्न नगर प्रहरीलाई आग्रह गरेका छन्। उनले आफ्नो ५ वर्षको कार्यकालमा एकदमै अनुशासनमा बसेर, सेवाग्राही, व्यापारीहरूलाई अनुशासनमा ल्याउन समेत अनुरोध गरे।

इमानदारी नै उत्तम नीति हो भन्ने सम्झिए जिन्दगीमा धेरै अगाडि बढिन्छ। गलत काम गरेर आर्जन गरेको पैसाले मान्छेलाई कहिले पनि सुख हुँदैन। हामी हिन्दु धर्म, बौद्ध धर्म मान्ने मान्छेहरु हौँ। उनले भने।,

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>