देश/प्रदेश

मेयर साम्पाङले पूरा गरे निर्वाचनको बाचा,धरान बजारमा आयो पानी

Banner

धरान,भदौ २८-

धरान उपमहानगरका मेयर हर्क साम्पाङले अन्तत धरान बजारमा पानी ल्याउन सफल भएका छन्। मेयर साम्पाङले धरान बजारमा पानी आएसँगै धरानवासीसँग खुशीयाली साटेका छन्। पानी ल्याएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै साम्पाङले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।

भिडियोसँगै उनले लेखेका छन्,खर्दु र निशानेलाई मात्रै जोडेका छौँ यहाँ ! सर्दु जोड्न बाँकी छ ! सर्दुसँग त झन ठुलो आउनेछ फोहोरा !

उक्त भिडियोमा मेयर साम्पाङसहित धरानवासी पानीको फोहोरामा भिज्दै गरेको देखिन्छ। साम्पाङले स्थानीय तह निर्वाचनको बेला धरानमा पानीको समस्या समाधान गर्ने बाचा गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>