Breaking News

चितवनमा पनि सवारी एपबाट बाइक र ट्याक्सी बोलाउन सकिने,प्रति किलोमिटर २० रुपैयाँ

Banner

प्रतिमा कुमाल,

चितवन, भदौ २७-

चितवनमा पनि एपबाट बाइक,ट्याक्सी लगायतका सवारीसाधन बोलाउन र गन्तव्यमा पुग्न सकिने सेवा सुरु भएको छ । जी एण्ड जी ग्रुप प्रालिले चितवनमा सवारी नामको एप मार्फत ट्याक्सी,अटो र बाइक सेवा प्रदान गर्न सुरु गरेको हो ।

आज (सोमबार) नारायणगढमा पत्रकार सम्मेलन गरी कम्पनीले चितवनमा पहिलो पटक एप मार्फत सवारीसाधन बोलाउन सकिने र गन्तव्यमा पुग्न सकिने सेवा सुरु गरेको जानकारी दिएको छ ।

भरतपुर महानगरपालिका १० हाकिमचोकमा कार्यालय रहेको कम्पनीले सुरुवातको चरणमा ६० वटा सवारीसाधन बाट सेवा दिन थालेको जनाएको छ । कम्पनीका संस्थापक शेरबहादुर शाहले यात्रुहरुले आजैदेखि एप डाउनलोड गरेर सेवा लिन सक्नेछन् । सो एपमा यात्रुले आफ्नो गन्तव्यसम्मको भाडा दरको बारेमा समेत जानकारी समेत पाउने उहाँले बताउनुभयो ।

यात्रुको लागि ५ लाखसम्मको दुर्घटना बीमा र ५० हजारसम्मको मेडिकल बीमा समेत गरिएको कम्पनीले जनाएको छ । सवारी बुक नगरी यात्रा गर्नेहरुको लागि भने कम्पनी जिम्मेवार नहुने शाहले बताउनुभयो ।

यात्रुले सवारीसाधन बुक गरेको पाँच मिनेट भित्र सेवा पाउने कम्पनीका सह–संस्थापक रोहित यादबले बताउनुभयो । सवारीको सेवा २४सैं घण्टा संचालन हुनेछ । भाडादर बाइकको प्रति किलोमिटर २० रुपैँया, अटोको प्रति किलोमिटर ४५ रुपैँया र ट्याक्सीको प्रति किलोमिटर ५५ रुपैँया तोकिएको छ । कम्पनीले सवारीसाधन भएका चालकहरुले सवारी ड्राइभर एप डाउनलोड गरी निःशुल्क दर्ता गर्न सक्नेछन् । प्रति महिना चालकले ५० हजारभन्दा बढी कमाउन सक्ने कम्पनीको दाबी छ । कम्पनीले काठमाडौं,पोखरा,बुटवल र भैरहवापछि चितवनमा सेवा विस्तार गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>