चितवन विशेष

चितवनको राप्तीबाट जबरजस्ती करणी मुद्दाका फरार ७४ बर्षिय प्रतिवादी पक्राउ

Banner

चितवन, भदौ २७-

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई ईलाका प्रहरी कार्यालय भण्डारा चितवनबाट खटेको प्रहरी टोलिले पक्राउ गरेको छ । करिब दुई बर्ष पछि राप्ती नगरपालिका वडा नं ७ बस्ने बर्ष ७४ को चेतनाथ डल्लाकोटिलाई पक्राउ गर्न प्रहरी सफल भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हो । डल्लाकोटिलाई हिजो ९आइतबार० उनकै वडाबाट पक्राउ गरिएको थियो ।

निजलाई चितवन जिल्ला अदालतले मिति २०७६ साल १० महिना ९ गते र उच्च अदालत पाटन हेटौडाले मिति २०७७ साल १२ महिन १२ गते जवरजस्ती करणी मुद्दामा ९ बर्ष कैद र पिडितलाई रु। एक लाख क्षतिपुर्ती दिनुपर्ने सजाय सुनाएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>