देश/प्रदेश
स्रोत नखुलेको १५ लाख १६ हजार नगदसहित दुई जना पक्राउ
०

सर्लाही, भदौ २६-
मलंगवा नगरपालिका–८ स्थित नेपाल भारत सीमा क्षेत्रबाट स्रोत नखुलेको १५ लाख १६ हजार रूपैयाँसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँके कोहलपुर नगरपालिका–६ घर भई हाल काठमाडौं चन्द्रागिरी नगरपालिका–१२ बस्ने ३५ वर्षीय जनकराज हमाल लगायत छन् । उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेको बा.९८ प ७१५८ नम्बरको मोटरसाइकललाई प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई स्रोत नखुलेको उक्त नगद सहित फेला पारी पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























