देश/प्रदेश

युवा संघ बागमती प्रदेश कमिटीमा चितवनका १३ जना

Banner

चितवन,भदौ २६–

राष्ट्रिय युवा संघ नेपाल बागमती प्रदेश कमिटीको अध्यक्षमा रामेछापका जय गुरुङ चयन भएका छन् । कमिटीको उपाध्यक्षमा दिलिप पौडेल (धादिङ), सचिवमा राजु तिवारी (नुवाकोट), सह–सचिवमा राजेश खड्का (भक्तपुर), माधव सेल्पाली (ललितपुर) र कोषाध्यक्ष नरेन्द्र भण्डारी (मकवानपुर) चयन भएका छन् ।

युवा संघको प्रदेश कमिटीमा चितवनबाट मात्रै १३ जना युवा सदस्यमा चयन भएका छन् । कृष्ण श्रेष्ठ, केशव खड्का, दिपक भण्डारी, सर्मिला थापा, सिलामाया बस्नेत, भुवन लामा, विरेन्द्र अधिकारी, आनन्द लोहनी, सन्देश राई, सागर मिश्र, कुमार थापा मगर, भिनास तामाङ र अम्बरराज उप्रेती चयन भएका छन् ।

त्यस्तै, युथफोर्समा चितवनका लेखनाथ देवकोटा, नमन काफ्ले, मिलन कँडेल, आशामाया बम्जन, ओमकार खड्का, अंकित श्रेष्ठ, सुन्दरराज पौडेल, अशोक चौधरी र रुपक श्रेष्ठ चयन भए । साइबर सर्कलमा पदम अधिकारी चयन भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>