देश/प्रदेश

प्रधानमन्त्री देउवाद्वारा बलायरको स्वास्थ्य लाभको कामना

Banner

काठमाडौँ,  भदौ २५-

प्रधानमन्त्री शेरबहादुर देउवा धनगढी निवासी नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगी उहाँले बलायरको अवस्थाबारे जानकारी लिँदै स्वास्थ्यलाभको कामना गर्नुभएको हो ।

आज साढे ११ बजे अस्पताल पुग्नुभएका प्रधानमन्त्री देउवाले बलायर र उहाँका आफन्त तथा उपचारमा सम्लग्न चिकित्सकसँग कुरा गर्नुभएको अस्पतालले जनाएको छ । बलायर लामो समयदेखि मिर्गौलाले काम नगर्दा पीडित हुँदै आउनुभएको छ । दुवै मिर्गौलामा समस्या देखिएकाले हाल उहाले उक्त अस्पतालमा उपचार गराइरहनुभएको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>