दुर्घटना

बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

Banner

खजुरा, भदौ २५-

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँके जिल्लाको राप्तीसोनारी–९ ढकेरीस्थित झिंझरी पुलमा शुक्रबार साँझ बस र मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । पूर्वतर्फ जाँदै गरेको भे१ख १९२५ नंको बस र अगैयाबाट कोहलपुरतर्फ जाँदै गरेको भे७प ५४५० नंको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक खड्कविक्रम श्रेष्ठको मृत्यु भएको छ ।

मोटरसाइकल चालक राप्तीसोनारी–३ भवनीयापुर निवासी श्रेष्ठको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा मोटसाइकलमा सवार अर्का सावित्रा थारू गम्भीर घाइते हुनुभएको छ । उहाँको अस्पतालमा उपचार भइरहेको छ । रासस

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>