देश/प्रदेश

स्वास्थ्य सामग्री उत्पादक संघको केन्द्रीय अध्यक्षमा पुनः गौतम, महासचिवमा बस्याल

Banner

काठमाडौँ, भदौ २४–

स्वास्थ्य सामग्री उत्पादक संघ नेपालको नयाँ केन्द्रीय कार्यसमिति चयन गरिएको छ ।

शुक्रबार काठमाडौँमा भएको प्रथम अधिवेशनले पुनः दुर्गाप्रसाद गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । ९ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा विजय कुमार अधिकारी, उपाध्यक्षमा कृष्णप्रसाद प्रसाई र महासचिवमा शोभाकान्त बस्याल चयन भएका छन् । यस्तै सचिवमा पवन कुमार लखौटिया र कोषाध्यक्षमा रविन्द्र गिरी चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा हरि अधिकारी, खगेन्द्र बिमली र तपसा जोशी चयन भएको नवनिर्वाचित महासचिव शोभाकान्त बस्यालले जानकारी दिए । नेपालमा हाल एक सय भन्दा बढी स्वास्थ्य सामग्री उत्पादक उद्योगहरु रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>