चितवन विशेष

विपीलाई सम्झिदै वीरेन्द्र बहुमुखी क्याम्पसमा रक्तदान

०
Banner

चितवन, भदौ २३–

जननायक वी.पी. कोईरालाको १०९ औं जन्म जयन्तीको अवसर पारेर भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पसमा काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको इकाइ समितिले रक्तदान कार्यक्रम गरेको छ । काँग्रेसको केन्द्रीय कार्यक्रम अन्तरगतको ‘जनताको साथमा कांग्रेस ’ अभियानको सन्दर्भ पारेर नेविसंघले खुल्ला रक्तदान कार्यक्रम गरेको हो । कार्यक्रममा २१ महिलासहित १०१ जनाले रक्तदान गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका केन्द्रीय सदस्य श्याम घिमिरेले रचनात्मक काम गरेर समाज परिवर्तनमा लाग्न विद्यार्थीलाई आग्रह गर्नुभयो । रगत अभाव भएका बेला युवाहरुले यसमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनाल, निवर्तमान सभापति जीतनारायण श्रेष्ठ, जिल्ला प्रवक्ता अनमोल अधिकारी, क्याम्पस प्रमुख दयाराम पौडेल, विद्यार्थी नेता राजेश भुषाल, आयुष पौडेलले विपीको विचार र वर्तमान समाजको बारेमा आफ्नो विचार राखेका थिए । कार्यक्रममा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल, कांग्रेसका जिल्ला उपसभापति राजिव न्यौपाने, सचिव ध्रुव पोखरेल, महाससमिति सदस्य प्रकाश अधिकारी ,महासमिति सदस्य टंकनाथ पौडेल, महाधिवेशन प्रतिनिधि निलकण्ठ रिजाल , नेतृ सावित्री बोगटी, सहसचिव गोपाल दराई, जिल्ला सदस्य जगन्नाथ न्यौपाने र कलावती भट्टराई, भरतपुर १० का वडा सभापति गणेश गुरुङ, पूर्व महाधिवेशन प्रतिनिधि हरि पौडेललगाएतको उपस्थिती रहेको थियो ।

ईकाई सभापति कुमार जोशीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>